Incident Reports

नवलपरासीमा गोली चल्यो, २ जना घाइते

2015-08-26

नवलपरासीको परासी बजारमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। आक्रोशित भीडले निषेधाज्ञा तोडेर अगाडि बढेपछि प्रहरीले गोली चलाएको हो। प्रहरीको गोली लागि २ जना आन्दोलनकारी घाइते भएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताए। मैनालीका अनुसार प्रर्दशनकारीले भूमही-भैरहवा वाइपास रोडको बाल गोविन्द पेट्रोल पम्पबाट निषेधाज्ञा तोड्न खोज्दा मुठभेड भएको हो। प्रहरीले निषेधाज्ञा नतोड्न आग्रह गर्दा पनि नमानेपछि प्रहरीले अश्रुग्यास, हवाइफायर गरेको थियो। त्यतीले पनि नभएपछि बाध्य भएर गोली चलाउनु परेको प्रमुख जिल्ला अधिकारी मैनालीले सेतोपाटीलाई जानकारी गराए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Weapons Other
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations APF
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 2
National/Online Media

0 Comments

Related Trend Analysis