Incident Reports

दाङका प्रहरी ईकाइहरू गाभिए

2015-08-28

Lumbini, Dang, Tulsipur

सुरक्षा सम्वेदनशिलतालाई ख्याल गर्दै जिल्लाका दुई जर्दन प्रहरी ईकाइहरू पायक पर्ने स्थानमा सारिएको छ। दाङलाई दंगाग्रस्त क्षेत्र घोषणा गरे लगतै जिल्लाका विभिन्न स्थानमा रहेका तर संख्या कम भएका प्रहरी ईकाइहरुलाई गाभिएको हो। कैलालीको घटनापछि सुरक्षा संवेदनशिलता ख्यालगरी जिल्लाका विभिन्न स्थानमा रहेका एक दर्जन बढी प्रहरी ईकाइहरु पायक पर्ने स्थानमा सारिएको जिल्ला प्रहरी प्रमुख कुवेर कडायतले जानकारी दिए। दाङको रिहार र सतवरिया प्रहरी पोष्टलाई ईलाका प्रहरी कार्यालय अमेलियामा सारिएको छ। लमही क्षेत्रमा रहेका हाइवय र बजार क्षेत्रमा रहेका प्रहरी ईकाईहरु ईलाका प्रहरी कार्यालय लमहीमा राखिएको छ भने गोवरडियालाई गढुवामा सारिएको छ। त्यस्तै बेलझुन्डि,बिजौरी,खाद्रे,गोलटाकुरी,बेलुवा र तुलसीपुर वसपार्कको प्रहरी ईकाइहरुलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरमा सारिएको छ। दमारगाउँलाई जस्पुर प्रहरी चौकीमा सारिएको छ। पश्चिम दाङको चिराघाट र देउखुरीस्थित नर्ती प्रहरी चौकीलाई जिल्ला प्रहरी कार्यालय दाङमा लगिएको छ भने बालापुरलाई हेकुली प्रहरी चौकीमा सारिएको छ। प्रहरी चौकी पुरन्धारालाई हापुरेमा र घोराही नगरपालिका क्षेत्रमा रहेका विभिन्न प्रहरी विटहरुलाई जिल्ला प्रहरी कार्यालय दाङ अन्तरगत राखिएको छ। थारू वाहुल क्षेत्र दाङमा सुरक्षा संवेदनशिलता ख्यालगरी तत्काल पायक पर्ने स्थानमा सारिएको भएपनि स्थिति सामान्य भए लगतै सम्वन्धित स्थान फेरि उनीहरुलाई फर्काउने दाङका प्रहरी प्रमुख कुवेर कडायतले बताए। बुधवार नै दाङका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालसहित जिल्ला प्रहरी प्रमुख कडायत जिल्लाको विभिन्न स्थानको शान्ति सुरक्षाको स्थिति बुझन पुगेका थिए। जिल्ला प्रहरी प्रमुख पौडेलले दाङमा प्रहरीको सावधानी र होसियारीले गर्दा कुनै घटना घट्न नपाएको प्रतिकृया दिए। उनले आगामी दिनमा पनि दाङमा त्यस्तै कुनै सम्भावना नरहेको दाबी गरे।

 Update.......... नवलपरासीका तीन प्रहरी चौकी सारिए : जिल्लाका तीनवटा प्रहरी चौकीलाई इलाका र सीमा प्रहरी चौकीमा गाभिएको छ । जिल्ला सुरक्षा समितिको बैठक बसेर सनई, गेर्मी र बैदौलीको बसैया चौकीलाई इलाका र अन्य सीमावर्ती चौकीमा सार्ने निर्णय गरिएको हो । जिल्ला प्रहरी कार्यालयका उपरीक्षक नलप्रसाद उपाध्यायका अनुसार आफ्नो भवन नभएका प्रहरी चौकीलाई शुक्रबार सारिएको हो । ‘सुरक्षाको दृष्टिकोणले असहज भएर होइन,’ प्रहरी उपरीक्षक उपाध्यायले भने,‘ संवेदनशील नाकाहरुमा जनशक्ति बढाउनु परेकाले चौकीहरुलाई अन्य स्थानमा सारिएको हो ।’ गेर्मीको प्रहरी चौकी सिँचाइ कार्यालय र बसैयाको गाविस भवनमा बस्दै आएको थियो । सनइको रगरगञ्ज क्षेत्रलाई अरु चौकीले कभर गर्न सकिने भएकाले सारिएको उपाध्यायले बताए । सारिएका प्रहरी चौकीका जनशक्तिलाई संख्या हेरेर इलाका प्रहरी कार्यालय अमानीगञ्ज, सीमा प्रहरी चौकी महेशपुर, भुजहवा र गुठिप्रसौनीमा खटाइएको छ ।

0 Comments