Incident Reports

'अखण्ड बागलुङ'को आन्दोलन चर्कियो

2015-08-27

Gandaki, Baglung, Baglung

जिल्ला टुक्राएको विरोधमा आन्दोलनमा उत्रिएका यहाँका राजनीतिक दलहरुले आन्दोलनलाई उग्र बनाउँदै गएका छन्। पाँच दिनदेखि निरन्तरको बन्दले जनजीवन प्रभावित भएको अवस्थामा आन्दोलनकारीले बिहीवार सवारी साधनमा आगजनी र तोडफोड गरेका छन्। बागलुङको हटियामा एक मोटसाइकल आगजनी गरेका हुन् भने बागलुङ बजारमा ट्याक्सीमा तोडफोड गरेका छन्। बन्दले जनजीवन प्रभावित भएको छ। बागलुङको पश्चिम क्षेत्रलाई प्रदेश नं ५ मा राखेको विरोधमा आन्दोलित भएका हुन्। समग्र बागलुङलाई प्रदेश नम्बर ४ मा राख्न माग गर्दै बागलुङ बजारसहित ग्रामिण बजारमा आन्दोलन जारी रहेको नेपाली कांग्रेसका कार्यबाहक सभापति जगदिशचन्द्र उपाध्यायले बताए। नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी, राष्ट्रिय जनमोर्चा, राप्रपा, अखण्ड नेपाल, नेकपा माले लगायतका दलले आन्दोनलको नेतृत्व गरेका छन्। उद्योग वाणिज्य संघले आन्दोलनलाई साथ दिएको छ। बागलुङ बजारसहित गल्कोट हटिया, हरिचौर खरवाङ, बुर्तिवाङ, कुश्मिशेरा, बरेङ लगायतका क्षेत्रमा दिनहुँ प्रर्दशन भएका छन्। बजार, शैक्षिक संस्था, सवारी साधन ठप्प रहेका छन्। बुर्तिबाङ क्षेत्रको प्रर्दशनमामा तमान, अधिकारीचौर, बोबाङ, निसी, बोहरागाउँ, देविस्थान, खुँगा, बुर्तिबाङ, भिमगीठे, दर्लिङ, ग्वालीचौर र दगातुम्डाँडा लगायत गाविसका स्थानीय सहभागी भएको स्थानीय गण्डकी थापा अधिकारीले जानकारी दिइन्। यसैबीच जिल्ला टुक्राएको विरोधमा हरिचौर बजारमा एकहोरो शंख बजाउँदै विरोध जुलुस प्रर्दशन गरेका छन्। जुलुसमा गल्कोट आसपासका तारा, अर्गल, हिल, अमभूमि, हटिया, मल्म, नरेठाँटी, दुदिलाभाटी लगायतका जनताको सहभागिता रहेको स्थानीय बालकृष्ण सुवेदीले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Weapons Fire
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Totally damaged Vehicles 2
National/Online Media

0 Comments

Related Trend Analysis