Incident Reports

देउखुरीमा दुई दिनका लागि बन्द फिर्ता

2015-08-28

Karnali, Humla, Kharpunath

लगातार १६ दिनको बन्दपछि दाङको देउखुरी उपत्यकामा ०७२ भदौ ११ गतेदेखि दुई दिनकालागि बन्द खुलाइएको छ । बन्द फिर्ता भएपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत देउखुरीको लमही, भालुवाङ, गढवा, रिहार, अमेलिया, सिसहनीयालगायतका स्थानीय बजार बिहानैदेखि खुलेका छन् । आन्दोलनरत थरुहट/थारुवान संयुक्त सङ्घर्ष समितिले सरकारले औपचारिकरूपमा वार्ताकालागि पत्र पठाएर वार्ताको वातावरण बनाएको र लगातारको बन्दले जनजीवन कष्टकर बन्दै गएको भन्दै भदौ ११ र १२ गतेकालागि देउखुरी उपत्यका खुल्ला गरिएको सङ्घर्ष समितिका संयोजक हिरालाल चौधरीले बताए । बन्द खुलेपछि बजारमा किनमेलकालागि सर्वसाधारणको भिड लागेको छ । तर, जिल्लाका अन्य क्षेत्रमा भने बन्द यथावत रहेको सङ्घर्ष समितिले विज्ञप्तिमार्फत जानकारी दिएको छ । यद्यपि जिल्लाका घोराही, तुलसीपुर, नारायणपुरलगायतका बजार पनि खुलेका छन् । बन्द भदौ १६ गतेसम्म यथावत रहन्छ तर जनताको दैनिकीलाई मध्यनजर गर्दै बन्द खुकुलो पारिएको थरुहटले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 200
Actor 1 - Affiliations Tharu Organizations
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis