Incident Reports

मोर्चाको सभा हुने भएपछि सीमामा कडाई

2015-08-28

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आबद्ध दलका केन्द्रीय अध्यक्षले शुक्रबार सर्लाही सदरमुकाम मलंगवामा आयोजन हुने बिरोध सभालाई सम्बोधन गर्ने भएपछि यहाँको सुरक्षा ब्यबस्था कडा पारिएको छ । भारतीय सीमामा आबत–जावत गर्न दुवै देशका सुरक्षाकर्मीले कडाई गरेका छन् । नेपालीलाई मात्र भारतीय सिमाबाट प्रवेश दिइएको छ । मलंगवा छेउको नाकामा भारतीय सीमा सुरक्षा बलले ढाट लगाएर नेपाली भएको खुल्ने परिचयपत्र देखाएपछि मात्र प्रवेश दिने गरेको छ । नेपाली सुरक्षाकर्मीले पनि भारतीयलाई मात्र जान दिएका छन् । नेपालीलाई प्रहरीले वारी नै रोकेर फर्काउने गरेको छ । मलंगवाको तीनबिघे मैदानमा अपरान्ह हुने सभालाई संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका महन्थ ठाकुर, सद्भावना अध्यष राजेन्द्र महतो र तमसपा अध्यक्ष महेन्द्र रायले सम्बोधन गर्ने कार्यक्रम छ ।
National/Online Media

0 Comments