Incident Reports

भूकम्प पीडितको राहत प्रहरी निरीक्षकको घरबाट बरामद

2015-08-29

Bagmati, Dhading, Netrawati

भूकम्प पीडितलाई वितरण गर्न राखिएको गोदाम घरबाट हराएका जस्तापातालगायतका निर्माण सामाग्रीहरु प्रहरी निरीक्षकको घरबाट बरामद गरिएको छ । धादिङसँग सिमा जोडिएको गोरखाको विद्यालयलाई अस्थायी टहरा निर्माण गर्न आरुघाट बजारमा गोदाम गरी राखिएका जस्तापाता र तयारी अवस्थाका ग्रिलट्रष्ट हराएको भन्दै खोजी थालिएको थियो । स्थानीय बासिन्दाहरुले ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक रविन्द्र खनालले सीमा जोडिएको धादिङ नलाङस्थित आफ्नो घरमा पठाएको उजुरी प्रहरी प्रधान कार्यालयमा दिएका थिए । उजुरीका आधारमा जिल्ला प्रहरी धादिङले शनिबार नलाङ–३ आप्रि टोलस्थित प्रहरी निरीक्षक खनालको घर खानतलासी गर्दा १ सय २ थान जस्तापाता र १२ वटा ट्रष्ट लाई पुग्ने ग्रिल वरामद गरेको थियो । राहत सामाग्री वरामद भएलगत्तै प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक खनाललाई प्रधान कार्यालयमा उपस्थित हुन आदेश दिएको छ । खनाल आईतवार धादिङस्थित प्रहरीको सम्पर्कमा आएका छन् ।
National/Online Media

0 Comments