Incident Reports

टीकापुरमा ८ देखि १० बजेसम्म कर्फ्यू खुला

2015-08-31

एक सातापछि कैलाली टीकापुरबासीले केही राहत पाएका छन् । एक सातादेखि लागेको २४ घण्टे कर्फ्यू हिजो र आज दुई–दुई घण्टाको लागि खोलिएपछि सर्वसाधारणले अत्यावश्यक सामग्री किन्नको लागि बजार निस्कने मौका पाएका छन् । हिजो बिहान ९ बजेदेखि ११ बजेसम्म कर्फ्यू खुला गरेको प्रशासनले आज बिहान ८ देखि १० बजेसम्म कर्फ्यू हटाएको छ । कर्फ्यू हटेपछि टीकापुरमा केही पसलहरु खुलेका छन् । सर्वसाधारणहरु अत्यावश्यक सामग्री किन्न बजार निस्किएका छन् । गत सोमबार टीकापुरमा आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडपमा ८ सुरक्षाकर्मी र एक नाबालक मारिएपछि प्रशासनले कर्फ्यू लगाएको हो ।
National/Online Media

0 Comments