Incident Reports

डा‍‍. केसीको समर्थनमा शिक्षणका चिकित्सकहरु पनि आन्दोलनमा

2015-08-31

Bagmati, Kathmandu, Kathmandu

डाक्टर गोविन्द केसीको माग पुरा गर्न सरकार उदासिन भएको भन्दै शिक्षण अस्पतालमा कार्यरत तीनसय भन्दाबढी रेजिडेन्ट चिकित्सकले सोमबारदेखि अस्पताल सेवामा सहभागी नहुने निर्णय गरेका छन्। रेजिडेन्ट चिकित्सकहरुको संस्था नेशनल रेडिडेन्ट डक्टर्स एशोसियासनको बैठकले सोमबारदेखि आकस्मिकबाहेकका सेवामा सरिक नुहुने निर्णय गरेको हो। चिकित्सकहरुले आइतबार साँझदेखि विद्यार्थी, बरिष्ठ चिकित्सक एवं आम सर्वसाधारणको सहभागितामा रिलेअनशन सुरु गर्ने निर्णय पनि गरेका छन्। गत सोमबारदेखि छैटौंपटक आमरण अनशनमा बसेको डा.केसीको माग पुरा नभएको भन्दै आइओएमका विद्यार्थीहरु समेत पठनपठनमा सहभागी नहुने भएका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Secondary Form Program Interference/Obstruction
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments