Incident Reports

सप्तरीमा लगातार अठार दिनदेखि बन्द, जनजीवन अस्तव्यस्त

2015-09-01

Madhes, Saptari, Saptakoshi

सप्तरीमा लगातार १८ दिनदेखिको बन्दका कारण यहाँका जनजीवन अस्तव्यस्त भएको छ । जिल्लामा उद्योग, कलकारखाना, व्यापार, शैक्षिक सङ्घसंस्थालगायतको सबै ठप्प रहेको बताइएको छ । बन्दका कारण दैनिक उपभोग्य सामग्रीको अभाव हुन थालेपछि सामानको मूल्य अकासिएको छ भने बन्दले व्यापार व्यवसायसमेत बन्द रहेको व्यापारी बताउँछन् । यता केही व्यापारीले बन्दको मौकामा कालोबजारी गरेर महँगो मूल्य लिएर खाद्यान्न सामग्री बिक्री वितरण गरिरहेको पाइएको छ । सीमाङ्कनको विरोधमा उत्रिएका सङ्घीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टीलगायतका मधेसवादी दलले आह्वान गरेको अनिश्चितकालीन तराई मधेस बन्दको आज १८ औँ दिन पनि सप्तरीसहित तराईको जिल्लामा बन्द जारी राखेकाले ती जिल्लामा निकै प्रभाव परेको बताइएको छ । एक दर्जन गाडीमा तोडफोड सीमाङ्कनको विरोधमा उत्रिएका मधेसी मोर्चाको अनिश्चितकालीन बन्दको क्रममा बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीले आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा एक दर्जनभन्दा बढी सवारीसाधनमा तोडफोड गरेको जनाएको छ । यता इलाका प्रहरी कार्यालय रुपनीका अनुसार पूर्व–पश्चिम राजमार्गमा प्रहरीले स्कटिङ गरेर लगिँदै गर्दा लुकिराखेको प्रदर्शनकारीले ढुङ्गामुढा गर्दा केही गाडीमा मात्रै तोडफोड भएको र तोडफोड भएको गाडीमा सामान्य क्षति भएको बताएको छ । 
Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis