Incident Reports

बाराको कलैयामा प्रहरीको गोली लागेर एकजनाको मृत्यु, १० जनाको अवस्था गम्भीर

2015-09-01

Madhes, Bara, Kalaiya, Ward 13

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन तराई-मधेस बन्दको १७ औं दिन कलैयामा आन्दोलनकारी र प्रहरीबीच मंगलबार बिहानै झडप हुँदा एक जनाको मृत्यु भएको छ । तीस जना भन्दा धेरै आन्दोलनकारी घाइते भएका छन् । स्थिति तनावग्रस्त भएपछि प्रहरीले चलाएको गोली लागेर कलैया-१० रगंपुरका २० बर्षीय हिफाजत मियाँ अन्सारीको मृत्यु भएको हो । प्रहरीसँगको झडपमा ३० भन्दा बढी आन्दोलनकारी घाइते भएका छन् । घाइते मध्ये १० भन्दा बढीको अवस्था गम्भीर छ । घाइतेहरुको कलैया अस्पतालमा उपचार भइरहेको छ । अधिकांश घाइतेहरुको टाउको, छाती, पेट, हात र खुट्टा गोली लागेको छ । कलैयाको भरत चोक, मछरहटा चोक, बालमन्दिर चोक सहितका ठाउँमा आन्दोलनकारी र प्रहरीबीच अहिले पनि दोहोरो भडप भइरहेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गरेको छ । आन्दोलनकारीहरुले ढुंगा र गुलेली प्रहार गरिरहेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon , Small arms
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Madhes-based Parties
Actor 2 - Youth na
Total Killed 1
Youth Killed 1
Total Injured 1
National/Online Media

0 Comments

Related Trend Analysis