Incident Reports

गाउँको कानुन नमानेपछि प्रहरी चौकीमा ढुङ्गामुढा

2015-09-01

Karnali, Mugu, Mugum Karmarong

सदरमुकाम गमगढी देखि करिव २८ कोष टाढा रहेको सिमा मुगु गाँउमा रहेको प्रहरी चौकीमा मंगलबार राति स्थानीयबासीले आक्रमण गर्दा सुरक्षाकर्मीले आत्मसुक्षार्थ ११ राउण्ड हवाई फायर गरेको प्रहरी नायव उपरिक्षक श्रीहजुर सिलवालले बताए । गाँउलेको आक्रमणबाट असई रुद्र रावल सहित ५ जना सुरक्षाकर्मी घाइते भएको सिलवालले जानकारी गराए । सिमा मुगु गाविस–८ का नुन्डुल लामा र सोही गाविसको वडा नम्बर ५ का सोनाम लामा र गाँउलेबीच जडिबुटीको राजश्व सम्बन्धि विषयलाई लिएर झगडा भएको थियो । सोनाम र नुन्डुल आफ्नो सुरक्षाकालागि प्रहरी चौकीमा जाँदा सारा गाँउले प्रहरी चौकी वरीपरी घेरा हालेर चौकीमा आगजनी ढुंगामुडा गरि तोडफोड गरि ध्वस्त बनाएको प्रहरी नायव उपरिक्षकको भनाई छ । थप सुरक्षाको लागि जिल्लाबाट प्रहरी निरिक्षक मित्र आचार्यको नेतृत्वमा १५ जना सुरक्षाकर्मी पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Vandalism
Weapons Blunt weapon , Fire , Other
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Group of civilians (only Target)
Actor 1 - Youth na
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
Total Injured 10
Total damaged Buildings 1
National/Online Media

0 Comments