Incident Reports

आन्दोलनका नाममा व्यापक चन्दा असुली

2015-09-02

आन्दोलनका नाममा विभिन्न व्यक्तिले नवलपरासीको सदरमुकाम परासी क्षेत्रका उद्योगी व्यवसायीबाट चन्दा असुल्न थालेका छन् । तीन सातादेखि लगातार बन्दको चपेटामा परेका उद्योगी व्यवसायीहरु आन्दोलनका नाउँमा चन्दा असुली गर्न थालिएपछि थप मारमा परेका हुन् । आन्दोलनलाई सहयोग गर्नुपर्‍यो भन्दै केही व्यक्तिले फोनमार्फत् रकम असुल्न थालेको उद्योगीहरुले बताए । आन्दोलनका नाउँमा चन्दा असुलेको भन्ने गुनासो आएकाले त्यस्ता व्यक्तिको पछि नलाग्न विज्ञप्ति नै निकालेर उद्योगी व्यवसायीलाई सजग बनाइएको मोर्चाका प्रवक्ता राधेरमण पाण्डेले जनाएका छन् । सीमांकनमा नवलपरासी टुक्राइएको विरोधमा अखण्ड नवलपरासी संघर्ष समितिले साउन २५ देखि सदरमुकाम बन्द गर्दै आएको छ भने संघीयता र सिमांकनको विरोधमा साउन २७ देखि मधेश केन्द्रित दल र थरुहटले गरेको बन्दले त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । सदरमुकामबाहेक राजमार्ग छेउमा रहेका सुनवल, भूमही, बर्दघाटदेखि नवलपुर क्षेत्रको गैंडाकोटसम्म भने बन्दको प्रभाव छैन ।
National/Online Media

0 Comments

Related Trend Analysis