Incident Reports

थारूहरूको बन्द ३१ गतेसम्म लम्बियो

2015-09-02

Lumbini, Dang, Ghorahi

२१ दिन देखिको बन्द बुधवारदेखि थप लम्विने थारु नेताहरुले बताएका छन्। साउन २७ गते बाट थरुहट/थारुवान ,मधेसी समुदायले दाङसहित तराईका २२ जिल्ला बन्द गर्दै आएकोमा अब भदौ ३१ गतेसम्म बन्द लम्विएको थारू नेताहरुले बताएका छन्। पट्यारलाग्दो बन्दले थारु बाहुल्य दाङ लगायत २२ जिल्लाको जनजीवन प्रभावित बन्दै आएकोमा बन्द झनै लम्विदा थप समस्या हुने देखिएको छ। थारू कल्यानकारिणी सभाका जिल्ला अध्यक्ष एवं संयुक्त आन्दोलन संयोजन समिति दाङका संयोजक तेजमान चौधरीले ३१ गतेसम्म वन्द लम्विने जानकारी दिए। उनले केन्द्रबाट पनि जिल्लाको हकमा आँफै निर्णय गर्नुहोस् भन्ने निर्देशन आएकोले आफूहरूले दाङको हकमा आमहड्ताल नगरी विरोधका कार्यक्रम मात्रै गर्ने सोच बनाएको जानकरी दिए। दाङमा अन्य जिल्ला जस्तो समस्या नदेखिएको भएपनि जिल्ला परिचालित सेना व्यारेकमा फिर्ता हुनुपर्ने र शान्तिपूर्ण विरोधका कार्यक्रम गर्न पाउने गरी प्रशासनसँग छलफल भइरहेको बताए। अब कसरी अघि बढ्ने भन्ने बारेमा आज बिहान ११ बजेपछि तुलसीपुरमा छलफल गर्न लागिएको पनि उनले जानकारी दिए। तर स्थानको वारेमा भने उनले खुलाउन चाहेनन्। उनले राज्यले थारुहरुको माग सम्वोधन नगरेकोले आम हड्ताल फिर्ता भएपनि विरोध प्रदर्शनका कार्यक्रम भने यथावत रहने जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 30 days
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Various Indigenous Parties incl. Tharu
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis