Incident Reports

जलेश्वरको प्रहरीबिटमा आगजनी

2015-09-02

Madhes, Mahottari, Jaleswor

बन्दकर्ताहरुले जलेश्वर जिरोमाईलस्थित नेपाल प्रहरीको बिटमा आगजनी गरेका छन्। प्रर्दशनकारीहरुले प्रहरीलाई ढुंगा प्रहार गरे बिट आफ्नो नियन्त्रणमा लिएर पेट्रोल छर्केर आगजनी गरेका छन्। साथै बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले सिनेमा हल चौकमा दुध लिएर जाँदै गरेको ज४प ६६२७ नम्वरको मोटरसाईकलमा समेत तोडफोड गरेका छन्। यसअघि बन्दकर्ता र प्रहरीबीच झडप हुँदा बुधबार बिहानै झडप हुँदा महोत्तरीको सदरमुकाम जलेश्वर तनावग्रस्त बनेको थियो। स्वायत मधेस प्रदेशको माग गर्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाका कार्यकर्ताहरू जुलुस प्रर्दशन गरि रहँदा जलेश्वर ५ स्थित महेन्द्र चौकमा दुई तर्फी झडप भएको थियो। प्रहरीले स्थिति नियन्त्रणमा लिन चार राउण्ड अश्रु ग्याँस प्रहार गर्नुका साथै एक राउण्ड हवाई फायर समेत गरेका थिए। झडपको क्रममा कुनै अप्रिय भने थिएन।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Youth Raped 00
Total damaged Buildings 1
National/Online Media

0 Comments

Related Trend Analysis