Incident Reports

प्रहरीको गोली लागी सात जना घाइते

2015-09-02

Madhes, Dhanusha, Janakpur

स्वायत्त मधेस प्रदेशको माग गर्दै जनकपुरमा जारी आन्दोलन अनियन्त्रित हुन थालेको भन्दै भदौ १६ गते १२ बजेदेखि जनकपुरमा निषेधित क्षेत्र घोषणा गरिए पनि प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ । प्रहरी चलाएको रबरको गोली लागी सात जना सख्त घाइते भएका छन् । घाइतेमध्ये तीन जानको अवस्था गम्भीर रहेको छ । मोर्चाको किसान जुलुसमा प्रहरीले पाँच राउण्ड गोली फायर गरेको छ । दर्जनौँ राउण्ड आश्रुग्याँस प्रहार गरेका छन् । यसैगरी, निषेधित क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीचको झडपको क्रममा प्रहरीले गोली चलाउँदा विजय साह, सुरज साह, मनिषकुमार यादव, अमरनाथ साह र रिसिकेश नायक लगायतलाई सात जनालाई गोली लागेको छ भने झडपमा थप १२ जना घाइते भएका छन् । घाइतेहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । तीन जनाको अवस्था चिन्ताजनक रहेको तमलोपाका जिल्ला अध्यक्ष परमेश्वर साहले जानकारी दिए । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, संयुक्त धेसी मोर्चा, मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी, एमाओवादीका बाबुराम पक्षधर नेता तथा कार्यकर्ताले आज बिहानैदेखि प्रदर्शनमा उत्रिएपछि जनपकुरको भानु चौकमा प्रहरी र आन्दोलनकारी बीच झडप भएको थियो । झडपले उग्र रुप लिन थोलेपछि निषेधित क्षेत्र घोषणा गरेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Small arms
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties , Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
Total Injured 19
INSEC

0 Comments

Related Trend Analysis