Incident Reports

बागलुङमा सरकारी कार्यालय र बस तोडफोड

2015-09-03

Gandaki, Baglung, Baglung

जिल्ला टुक्राएर दुई प्रदेशमा राखेको बिरोधमा अनिश्चितकालीन बन्द सहितको आन्दोलन दुई साता पुगेको छ। समग्र बागलुङलाई प्रदेश नम्बर ५मा राख्नुपर्ने माग सहित यहाँका राजनीतिक दलको नेतृत्वले आन्दोलन सुरु गरेका थिए। दुई सातासम्म पनि माग सुनुवाइ नभएपछि यहाँका आन्दोलनकारी सरकारी कार्यालय बन्द गर्ने र सार्वजनिक सवारी साधनमा तोडफोड गर्ने काम गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै बुर्तिवाङबाट काठमाडौंको लागी छुटेको ना ४ ख ९२१३ नंम्वरको यात्रुवाहक बसमा तोडफोड गरेका छन्। आन्दोलनकारीले खरवाङ र ग्वालिचौरको बीच दगातुन्डाँडा—९ काँडेरुखमा बस तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रहरी नायब उपरिक्षक चक्र बहादुर सिंहले बताए। यसैगरी आन्दोलनकारीले जिल्ला विकास समिति,बागलुङको कार्यालयमा ताला लगाएका छन्। सेवाप्रवाह रोक्ने बाहिरी गेटमा लगाएको ताला प्रहरीले फुटाएको थियो। बागलुङलाई प्रदेश नं ४ मा राख्न माग गर्दै सुरु भएको आन्दोलनले यहाँको जनजीवन कष्टकर भएको छ। बन्दले यहाँको बजार, यातायात, उद्योग, कलकारखाना,शैक्षिक संस्था बन्द रहेका छन् । बिहीवार पनि व्यापक प्रर्दशन गर्ने तयारी गरेको दलहरुले जनाएका छन् । नेपाली कांग्रेस, एमाले, एमाओवादी, राष्ट्रिय जनमोर्चा, राप्रपा, नेकपा माले, अखण्ड पार्टी लगायतका दलको नेतृत्व गरेको आन्दोलनमा जनताले साथ दिएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments

Related Trend Analysis