Incident Reports

नवलपरासीमा निषेधाज्ञाको समय पुर्न थप

2015-09-07

Gandaki, Nawalparasi East, Binayee Tribeni

संविधानको मस्यौदा तथा सीमाङ्कनका विषयलाई लिएर विभिन्न समूहले गरेको आमहडतालका कारण हिंसात्मक गतिविधि बढ्न थालेको भन्दै भदौ ७ गतेबाट लगाइएको निषेधाज्ञा सात दिनका लागि थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसअघि भदौ १३ गतेदेखि तीन दिन र तेस्रो पटक चार दिन निषेधाज्ञा थप गरिएको थियो । जिल्लामा नागरिक समाज , थारुहट सङ्घर्ष समिति , संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालगायतले गरेको बन्द २७ औँ दिनमा पुग्दा दाउन्ने पश्चिमका नगरपालिका र गाविसहरु बढी प्रभावित भएका छन् । निषेधाज्ञा पछि पूर्वपश्चिम लोकमार्गमा सवारी साधन निवाध चलेपनि भूमही- परासी , परासी-महेशपुर , परासी-त्रिवेणी , परासी-भैरहवा र बर्दघाट-त्रिवेणी चल्ने कुनैपनि यातायातका साधन नचल्दा त्यस क्षेत्रका नागरिक बन्दको मारबाट थप आक्रान्त बनेका छन् । बन्दले गर्दा त्यस क्षेत्रको बजार व्यवसाय पनि ठप्प भएको कारण सास्ती भोग्नु परेको त्यहाँका स्थानीयले बताएका छन् । नारायण पराजुली
Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
INSEC

0 Comments