Incident Reports

विद्युतभार कटौतीमुक्त जिल्ला घोषणाको माग गर्दै चक्काजाम

2015-09-07

Sudurpashchim, Kanchanpur, Bhimdatta, Ward 6

 कञ्चनपुरलाई विद्युतभार कटौतीमुक्त जिल्ला घोषणाको माग गर्दै आन्दोलनरत छ विद्यार्थी सङ्गठनले आज बिहान नौ बजेदेखि चक्का जाम गरेका छन्। पूर्वपश्चिम राजमार्ग क्षेत्रमा अवरोध सिर्जना गरी विद्यार्थीले चक्काजाम गरेका हुन्।यातायातका साधन सञ्चालन हुन नसकेपछि यात्रु मर्कामा परेका छन्। सोमबार विद्यार्थी सङ्गठनले नेपाल विद्युत् प्राधिकरण वितरण शाखा, महेन्द्रनगरको कार्यालयमा तालाबन्दी गरेका थिए। एक सातादेखि चरणबद्ध रुपमा विद्यार्थी सङ्गठनले विद्युत्भार कटौतीमुक्त जिल्ला घोषणाको माग गर्दै आन्दोलन गर्दै आएका छन्। चक्काजाम कार्यक्रम दिउँसो १२ बजेसम्म जारी रहने विद्यार्थी नेता वीरेन्द्र विष्टले बताए। रासस
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Road block
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments