Incident Reports

झापाको सुरुङ्गा प्रहरी चौकीमा बम बिस्फोट

2015-09-15

Province 1, Jhapa, Kankai

झापाको सुरुङ्गा प्रहरी चौकीमा बम बिस्फोट भएको छ। बम बिस्फोटमा परी दुई प्रहरीसहित तीन जना घाइते भएका छन्। घाइते हुनेहरुमा देवनारायण यादव र केदार पौडेल छन्। अर्का एकको पहिचान हुन सकेको छैन। चौकी नजिककै एक ट्रकमा हिन्दू मोर्चाले बम राखेको सूचना पाएपछि बम डिस्पोजल टोली त्यहाँ पुगेको थियो। बम निस्क्रिय भएको सम्झेर चौकीमा ल्याए पनि बम बिहान सवा ७ बजे पड्किएको प्रहरी प्रवक्ता एवं डीएसपी भीम दाहालले नागरिकन्युजलाई बताए। डीएसपीका अनुसार दमकको एक चर्चमा पनि बम पड्काइएको छ। सोमबार राति ज्योति चर्चमा बम पड्काइएको उनले बताए। बमले झ्यालका सीसामा क्षति पुगेको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media

0 Comments