Incident Reports

परासीमा निषेधाज्ञा फेरि सात दिन थपियो

2015-09-17

एक महिनादेखि सदरमुकाम परासीमा जारी निषेधाज्ञाको समय बिहीबार फेरि थपिएको छ । पाँचौ पटक थपिएको निषेधाज्ञा असोज ७ गतेसम्म जारी रहने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जानकारी दिए । भदौ ७ गतेदेखि परासीक्षेत्रमा निरन्तर निषेधाज्ञा जारी छ । तराई क्षेत्रमा मधेस केन्द्रीत दलले असहमति जनाइरहेका बेला संविधानसभाले पारित गरेको संविधानविरुद्ध सदरमुकाममा तनाव हुनसक्ने कुरालाई मध्यनजर गर्दै बिहीबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले साताका लागि निषेधाज्ञा थपेको हो । मधेस केन्द्रीत दलको बन्दका कारण ३९ दिनदेखि परासीसहित जिल्लाको दक्षिणक्षेत्र ठप्प छ । बन्दले यहाँका पसल व्यवसाय, शैक्षिक संस्था र यातायात ठप्प छन् । राजमार्ग र नवलपुरक्षेत्रमा बन्दको प्रभाव छैन । प्रशासनले सदरमुकाम परासीको महेशपुर चोकस्थित बाईपास रोड (बालगोविन्द पेट्रोल पम्प) देखि मञ्जरीया चोकको दक्षिणबाहेकको रामग्राम नगरपालिकाको सबै क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । त्यस्तै परासीबाट सुनवल चोकसम्म र बर्दघाटको भूताहादेखि राजमार्गहुँदै सुनवल चोकसम्मको १२ किमीक्षेत्रको ५ सय मिटर दायाँ बायाँ पनि निषेधाज्ञा जारी गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments