Incident Reports

चन्द माओवादीका कार्यकर्ता र व्यवसायीबीच झडप, ८ घाइते

2015-09-20

Lumbini, Kapilbastu, Banganga

कपिलवस्तुमा बन्द गराउँदै हिंडेका चन्द माओवादीका कार्यकर्ता र स्थानीय व्यवसायीबीच झडप हुँदा ८ जना घाइते भएका छन् । ३ असोज विहान कपिलवस्तुको जीतपुर बजार बन्द गराउँदै हिंडेका नेत्रविक्रम चन्द नेतृत्वको माओवादीका कार्यकर्ताहरुले वागगांगा गाविसको जीतपुर बजार बन्द गराउन थालेपछि स्थानीय व्यवसायीले प्रतिकार गरेका थिए । त्यसक्रमा भएको झडपमा परी ८ जना बन्दकर्ताहरु घाईते भएका हुन् । घाईते हुनेहरुमा चन्द माओवादीका जिल्ला सेक्रेटरी संगम पुन, जिल्ला सदस्य गणेश चौधरी लगायत ८ जना छन् । घाईते भएकाहरु मध्ये ३ जनालाई उपचारको लागि बुटवल लगिएको छ भने बांकी सवै घाईतेको स्थानीय अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । क्पिलवस्तु उद्योग वाणिज्य संघ, सिद्धार्थ बजार व्यवस्थापन समिति लगायत विभिन्न संघ संस्थाहरुको पहलमा एक महिना अघि वाणगंगा नगरपालिकालाई वन्द निषेधित क्षेत्र घोषणा गरिएको थियो । वन्द निषेधित क्षेत्रमा कुनै पनि दल र समूहको वन्दलाई निषेध गर्ने घोषणा गरे अनुरुप स्थानीय उद्योगी व्यवसायीहरु वन्दको प्रतिकारमा उत्रेका कारण झडप भएको प्रहरीले जनाएको छ । गोपाल भण्डारी, कपिलवस्तु
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Chamber of Commerce and entrepreneur's associations
Actor 1 - Youth na
Actor 2 - Number of people 8
Actor 2 - Affiliation CPN (Chand) and affiliated org
Actor 2 - Youth na
Total Injured 8
Youth Injured n/a
National/Online Media

0 Comments