Incident Reports

कैलालीको लम्कीमा बम विष्फोट

2015-09-21

Sudurpashchim, Kailali, Lamkichuha

कैलालीको लम्कीमा बम बिस्फोट भएको छ । अज्ञात समूहले सोमबार बिहान साढे ४ वजे लम्की चुहा नगरपालिका २ थकालीपुरस्थित बी लाईनमा सिलिण्डर बम बिस्फोट गराएको हो ।   ईलाका प्रहरी कर्यालय लम्कीका प्रहरी प्रमुख प्रहरी निरिक्षक जगन्नाथ खनालका अनुसार बिहान साढे ४ बजे सडक छेउँको खाली ठाउँमा १५ केजीको सिलिण्डर बम पड्काइएको छ । यद्यपी बम बिस्फोटका कारण कुनै पनि मानवीय तथा भौतिक क्षति भएको छैन । घटनाको प्रकृति हेर्दा जनजीवन त्रसित पार्ने उद्देश्यले बम पड्काइएको प्रहरी निरिक्षक खनालको भनाइ छ । बम कस्ले र किन बिस्फोट गरायो भन्नेबारे केहि खुल्न सकेको छैन । खनालले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । कैलालीमा थरुहट प्रदेश माग्दै डेढ महिनादेखि आन्दोलन चल्दै आएको छ । अहिले लम्कीको अवस्था सामान्य छ । अन्य घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको छ ।

0 Comments