Incident Reports

जनकपुरमा बिहानैदेखि प्रदर्शन

2015-09-21

 संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा सोमबार बिहानैदेखि जनकपुरमा प्रदर्शन जारी छ । वर्षाको पर्वाह नगरी प्रदर्शनकारीहरु चोकचोकमा टायर बालि विरोध गर्दैछन् । सद्भावना पार्टीका अध्यक्ष संजयकुमार सिंहका अनुसार दिउँसो १ बजे जनकचौकमा विरोध सभा तथा संविधान जलाउने कार्यक्रम तय गरिएको छ । कार्यक्रममा भाग लिन ग्रामीण क्षेत्रबाट समेत सर्वसाधारणको सहभागीता हुने दाबी सिंहको छ । आइतबार जारी नेपालको संविधान मधेस विरोधी रहेको उल्लेख गर्दै मोर्चाले असोज ३ गतेलाई कालो दिनका रुपमा मनाउने घोषणा गरेको थियो । यसैगरी आइतबार साँझ ७ बजेदेखि ८ बजेसम्म ब्ल्याक आउट गरेको थियो । सद्भावना अध्यक्ष सिंहका अनुसार राष्ट्रपति डा.रामवरण यादव, मन्त्री विमलेन्द्र निधी तथा एमाले नेता रघुवीर महासेठलगायतका काँग्रेस र एमााले नेताहरुको घरमा समेत ब्ल्याक आउट गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 150
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis