Incident Reports

बन्दको अवज्ञा गर्दै पोखरामा मोटरसाइकल र्‍याली

2015-09-21

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 7

 पोखरामा बन्दको अवज्ञा गर्दै पोखरा उद्योग बाणिज्य महासंघको अगुवाईमा पोखरामा बन्द विरुद्धको र्‍याली निकालिएको छ । जातीय पहिचानसहितको तमुवान माग गर्दै आह्वान गरिएको बन्दको अवज्ञा गर्दै व्यापारी उद्योगी र सर्वसाधारण मोटरसाईकल र सवारीसहित र्‍यालीमा निस्केका हुन् । ‘पोखरा खुला छ’, ‘गरिखान देउ’, ‘बन्द सँधैका लागि बन्द गरांै’ भन्ने तुल ब्यानर लिएर सवारी साधन चलाएर अवज्ञा गरिएको हो । उद्योग बाणिज्यको कार्यालय गैहपाटनबाट सुरु भएको र्‍याली सहरका विभिन्न भागको परिक्रम गदै पुन: गैह्रापाटन पुगेर समापन भएको हो । र्‍यालीमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष बिन्दु कुमार थापाले बन्दले जनता आजित भएकाले सँधैका लागि बन्दको अन्त्य हुनु पर्नेमा जोड दिए । उनले कुनै पनि बन्दलाई अब पोखरेलीले अवज्ञा गरेर छाड्ने बताए । र्‍याली पछि सडकमा अन्य सवारी समेत चल्न थालेका छन् । बन्द गराउँदै हिँड्ने ३० भन्दा बढी बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Adivasi/Janajati
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Chamber of Commerce and entrepreneur's associations
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis