Incident Reports

सांसदको घर आगजनी, नेता पुत्रलाई गोली लाग्यो

2015-09-20

Madhes, Sarlahi, Malangawa, Ward 4

सर्लाही सदरमुकाम मलंगवामा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा प्रहरी चलाएको गोली लागेर दुई जना घाइते भएका छन् । असोज ४ गते अपरान्ह साँढे तीन बजे मलंगवा-१० स्थित एमाले सांसद् कमलादेवी महतोको घरमा लगाइएको आगो निभाउन आउँदै गरेको दमकललाई प्रदर्शनकारीले रोकेर ढुंगामुढा गरेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । घटनामा ३२ वर्षीय विक्रम रायलाई एक राउण्ड गोली लागेको प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले बताए । घाइते रायलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ पठाइएको उनले जनाए । यसैगरी प्रहरीले चलाएको गोली लागेर महिनाथपुर-८ का २६ वर्षीय मितेश यादवसमेत घाइते भएका छन् । प्रहरीको गोली घाटीमा लागेर घाइते भएका राय मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका वरिष्ठ उपाध्यक्ष रामेश्वर रायका छोरा रहेको जनाइएको छ । प्रदर्शन नियन्त्रण गर्न प्रहरीले ३५ राउण्ड हवाइ फायर र २ सेल अश्रु ग्याँस फायर गरेको प्रमुख जिल्ला अधिकारी काफलेले बताए । झडपमा घाइते भएका प्रदर्शनकारीको सर्लाही जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको छ । झडपमा सात प्रहरी समेत घाइते भएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Assault (large group)
Weapons Small arms
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Youth Killed 02
Total Injured 2
National/Online Media

0 Comments

Related Trend Analysis