Incident Reports

स्वचालित पेस्तोलसहित एक पक्राउ

2015-09-21

Madhes, Siraha, Siraha

सिरहाको माडर नाकाबाट स्वचालित पेस्तोलसहित सशस्त्र प्रहरीले एक युवकलाई सोमवार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्ने राजपुर ३ का महेश कुमार यादव(२८) रहेको सिरहाका सशस्त्र प्रहरी प्रमुख(एसपि) महेश श्रेष्ठले जानकारी दिए। बोर्डर आउट पोष्ट माडरका प्रहरी निरीक्षक मनोज गुरुङ कमाण्डको टोलीले शरीर खान तलासी गर्दा यादवको साथबाट मेड ईन युएसए लेखिएको एक थान स्वचालित पेस्तोल र सोमा लाग्ने दुई राउण्ड जिवित गोली, कटुवामा लाग्ने ६ राउण्ड जिवित गोली बरामद भएको एसपी श्रेष्ठले जानकारी दिए। यादव भारतीय सहर जयनगरबाट माडर नाका प्रवेश गरेपछि तलासीको क्रममा पेस्तोलसहित सशस्त्र प्रहरीको फन्दामा परेको श्रेष्ठले बताए । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाइएको उनले बताए । सिरहाका प्रहरी प्रमुख एसपी रामकृपाल साहका अनुसार यादवलाई हातहतियार तथा खरखजानाको महल अन्तर्गत म्याद लिई थप अनुसन्धान भैरहेका छ। एक साता भित्र यादव सहित तिनजना हतियार सहितका ब्यतिmलाई प्रहरीले पक्राउ गरेको छ ।
National/Online Media

0 Comments