Incident Reports

सोह्र घन्टाका लागि निषेधाज्ञा हटाइयो

2015-09-23

Madhes, Parsa, Birgunj

जिल्लाको सुरक्षा व्यवस्थामा क्रमिक सुधार देखिएपछि स्थानीय प्रशासनले लगाउँदै आएको निषेधाज्ञालाई आज बिहान ६ देखि राति १० बजेसम्मका लागि हटाएको छ । जिल्ला सुरक्षा समितिको आज बिहान बसेको बैठकले दङ्गाग्रस्त क्षेत्रलाई कायम राख्दै वीरगन्जबाट १६ घन्टाका लागि निषेधाज्ञा हटाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिनुभयो । स्थानीय प्रशासनले मङ्गलबारदेखि नै दिनभरिका लागि निषेधाज्ञा हटाउने निर्णय गरेपछि सर्वसाधारणले धेरै राहत महसुस गरेका छन् । असुरक्षाको कारण देखाउँदै स्थानीय प्रशासनले गत भदौ १४ गतेदेखि वीरगन्जमा अनिश्चितकालीन निषेधाज्ञा र दङ्गाग्रस्त क्षेत्र कायम राख्दै आएको छ । रासस
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments