Incident Reports

सर्लाहीमा पूर्व-पश्चिम राजमार्ग अबरुद्ध गरी मोर्चाको धर्ना

2015-09-26

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पूर्व-पश्चिम महेन्द्र राजमार्ग अबरुद्ध गरी धर्ना दिएका छन्। संविधानमा असन्तुष्टि जनाउँदै आन्दोलनरत मोर्चाले असोज ९ गते शनिबार दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म नवलपुरस्थित पूर्व-पश्चिम राजमार्ग अबरुद्ध गरी धर्ना दिएको हो । मोर्चाका नेता तथा कार्यकर्ताले नवलपुरमा धर्ना दिएपछि राजमार्गमा यतायातका साधन चलन सकेको थिएन । राजमार्गमा मोर्चाको प्रदर्शनलाई मध्यनजर गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षकको कमाण्डमा प्रहरी परिचालन गरिएको थियो । मोर्चाले सदरमुकाम मलङ्गवामा ४२ दिनदेखि शान्तिपूर्ण प्रदर्शन गर्दै आएको थियो । सदरमुकाम मलंगवामा शान्तिपूर्ण विरोधले माग पुरा नहुने भएपछि आन्दोलन राजमार्ग केन्द्रित बनाइएको सङ्घीय समाजवादी फोरमका जिल्ला अध्यक्ष अशोक यादवले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Road block
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments

Related Trend Analysis