Incident Reports

बेवारिस अवस्थामा फेला परेको बम नेपाली सेनाद्वारा निष्कृय

2015-10-01

Karnali, Jumla, Chandannath

कालिकोट र जुम्ला जिल्लाको सीमनामा पर्ने फोइमहादेव गाविस-१ नाग्मबजारमा शंकर उपाध्यायको हार्डवयर पसलको सटर अगाडी भेटिएको सकेट बम नेपाली सेनाको टोलीले असोज १३ गते निष्कृय बनाएको छ । स्थानीयबासीले बेवारिसे अवस्था विस्फोटक पदार्थ देखेपछि प्रहरी चौकी नाग्ममा जानकारी दिएका थिए । भगवती दल गण जुम्लाका उप सेनानी सुजन थापाको नेतृत्वमा गएको टोलीले बम डिस्पोज गरेको प्रहरीले जनाएको छ । उक्त स्थानमा बम कसले किन राखेको भन्ने विषयमा नखुलेको कर्णाली अञ्चल प्रहरी कार्यालय जुम्लाका एसएसपी भोगबहादुर थापाले बताए ।

0 Comments