Incident Reports

एक लाख घुस लिएको आरोपमा कार्यकारी अधिकृत पक्राउ

2015-10-15

Lumbini, Dang, Ward 13

बाँके स्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकारीहरुले त्रिपूर नगरपालिका दाङका कार्यकारी अधिकृत जीतबहादुर केसीलाइ एक लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको छ । त्रिपूर नगरपालिका अधिकृत केसीले ईन्जिनियर रोशन दुलाल संग घुस वापत लिएको एक लाख रुपैया सहित बुधबार दिउसो नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । २०७२ असोजदेखि असार सम्म १० महिना पुन करार सेवामा नियुक्त गर्ने घुस मागेको भन्दै इन्जिनियर दुलाले कारबाहीको माग गर्दै निवेदन दिएपछि अख्तियारको आयोगको कोहलपुर स्थित सम्पर्क कार्यालयबाट गएको टोलीले कार्यकक्षबाटै घुस बापत लिएको रकम सहित नियन्त्रणमा लिएको हो ।

0 Comments