Incident Reports

कैदी बन्दीका दाउरा मधेसी मोर्चाका कार्यकर्ताहरूले जलाए

2015-10-18

Madhes, Mahottari, Mahottari, Ward 9

 खाना पकाउने ग्याँसको अभाव भएपछि महोत्तरीको कारागारका कैदी बन्दीको लागि लग्दै गरिएको दाउरा खोसेर मधेसी मोर्चाका कार्यकर्ताहरूले जलाइ दिएका छन् । कारागारका जेलर सौभेन्द्र ठाकुरले दिएको जानकारी अनुसार कैदी बन्दीको खाना पकाउन महोत्तरीको उत्तरी क्षेत्रबाट सदरमुकाम जलेश्वर ल्याउँदै गरेको दाउरा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा कार्यकर्ताले नियन्त्रणमा लिएर जलाएका हुन् । करिब ६० क्विन्टल दाउरा कारागार पुर्‍याउन लगेको अवस्थामा बाटोमै नियन्त्रणमा लिई आगो लगाइएको छ भने दाउरा लोड गरिएको को १ त ७१२५ नम्बरको ट्रयाक्टरमा समेत तोडफोड गरिएको छ । कात्तिक १ गते सरपल्लो र जाउखको बीचबाटोमा बिहान करिब ३ बजे औरहीबाट जलेश्वर कारागारमा पुर्‍याउन जानलाग्दा मधेसी मोर्चा कार्यकर्ताहरूले नियन्त्रणमा लिएर जलाइ दिएको ट्रयाक्टर धनी रामकेवल साहले जानकारी दिएका छन् । अजयकुमार साह
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments

Related Trend Analysis