Incident Reports

प्रहरीमाथि आक्रमण गर्ने जुवाडे पक्राउ

2015-10-23

Madhes, Mahottari, Gaushala, Ward 4

प्रहरीमाथि आक्रमण गर्ने एक जुवाडेलाई महोत्तरी प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिजलपुरा–९ बस्ने रविन्द्र घोरारी रहेको छ । इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको टोलीले बिजलपुरा–९ स्थित पथलैया बजारमा जुवा खेलिरहेका जुवाडेहरुलाई बिहीबार अबेर राति पक्राउ गर्न खोज्दा जुवाडे र प्रहरीबीच केहीबेर झडपसमेत भएको थियो । जुवाडेहरुले एकतर्फी रुपमा प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए । ढुङ्गामुढाबाट प्रहरीको गाडीमा समेत सामान्य क्षति पुगेको छ भने जुवाडेहरुले प्रहरी हबल्दार बरुण भूमिहारलाई कुटपीट गरी घाइते बनाएका छन् । घाइते प्रहरी हबल्दार भूमिहारको बर्दिबास स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घटनामा संलग्न अन्य जुवाडेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Secondary Form Violence during arrest/detention
Weapons Blunt weapon
Primary Cause Other governance issues
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments