Incident Reports

मधेस बन्दको अवज्ञा गरेको भन्दै भारतीय मोटरसाइकलमा आगजनी

2015-11-01

Madhes, Mahottari, Sonama, Ward 1

मधेस बन्दको अवज्ञा गरेको भन्दै महोत्तरीको सोनमा बजारमा आज संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले भारतीय नंको एक मोटरसाइकलमा आगजनी गरेका छन् । जिल्लाको पश्चिमी सम्सी सिमानाका हुँदै भारतबाट पेट्रोलियम पदार्थ बोकेर आएको बीआर३०बी ४३८२ नंको भारतीय मोटरसाइकलमा मोर्चाका कार्यकर्ताले आगजनी गरेको मोर्चामा आबद्ध सद्भावना पार्टीका नेता लालबाबु यादवले बताए । मोटरसाइकलमा ल्याइएको ५० लि पेट्रोल र ५० लि डिजलसमेत जलाएर नष्ट गरिएको छ ।

0 Comments

Related Trend Analysis