Incident Reports

वीरगञ्ज नाका खुलाउने क्रममा दुई भारतीय नागरिक पक्राउ

2015-11-02

Madhes, Parsa, Birgunj

Update.... प्रहरीले हस्तक्षेप गरेर वीरगन्ज नाका खुलायो, पाँच पक्राउ करिब दुई महिनादेखि वीरगञ्ज नाकालाई अवरुद्ध पारेर नेपाल भारत सीमाको मितेरी पुलमा धर्नामा बस्दै आएका आन्दोलनकारीलाई प्रहरीले हटाएको छ। सोमबार बिहानै ५.१० बजे प्रहरीले नाकामा रहेका प्रदर्शनकारीलाई हटाएर बाटो खुलाएको पर्सा प्रहरीका एसपी राजुबाबु श्रेष्ठले सेतोपाटीलाई बताए। नाकाको अवरोध हटाइएसँगै नेपालतर्फ रोकिइरहेका भारतीय ट्रकहरुलाई सीमा पारि पठाउन थालिएको छ। नाकाबाट आन्दोलनकारीलाई सुरक्षाकर्मीले हटाएपछि वीरगञ्जमा अलपत्र परेका भारतीय गाडीहरू भारत प्रवेश गरेका हुन्। अहिलेसम्म १५० भन्दा बढी भाततीय गाडी नाका कटेको श्रेष्ठले बताए। रातिको समयमा थोरै संख्यामा रहेका मोर्चा कार्यकर्ता सुतेको समय पारेर सुरक्षाकर्मीले एकाबिहानै हस्तक्षेप गरेको थियो। पर्सा प्रहरीका एसपी श्रेष्ठका अनुसार सोमबार बिहान पाँच बजेर १० मिनेटमा सुरक्षाकर्मीले मितेरी पुलमा धर्नामा बसेका पाँच कार्यकर्तालाई पक्राउ गरेको थियो भने पाँचजना भागेका थिए। ‘१५० गाडी रक्सौल छिरे अन्य गाडी तथा ट्रक भारत छिर्न लामबद्ध छन्। नेपालबाट गाडीहरु भारत प्रवेश गरे पनि भारतबाट भने कुनै पनि गाडी नेपाल प्रवेश गरेका छैनन्,’ एसपी श्रेष्ठले भने। प्रहरीले मोर्चाको धर्नास्थलमा हस्तक्षेप गर्दा भारतीय नागरिकसहित पाँच जना पक्राउ परेको जनाएको छ। पक्राउ पर्नेमा भारत मोतिहारीका महोम्मद जमरुद्धिन र समद अन्सारी तथा रौतहटका हरेन्द्र राना, बाराका वीरबहादुर महतो, वीरगञ्जका जगन पटेल रहेको पर्सा प्रहरी प्रमुख एसपी श्रेष्ठले बताए। एसपी श्रेष्ठले धर्ना हटाउन सुरक्षाकर्मीले बल प्रयोग नगरेको बताए। 'हामी त्यहाँ पुगदा १५-२० जना पालभित्र थिए। अधिकांश भागे ५ जना पक्राउ परेका छन्। सीमास्थित नेपाली भूभाग सुरक्षा नियन्त्रणमा आएको छ', उनले सेतोपाटीसँग भने, 'सुरक्षाकर्मीले कसैलाई लाठी पनि प्रहार गरेको छैन।' प्रहरीले हस्तक्षेप गरेको भन्दै विरोधस्वरुप आन्दोलनकारीले वीरगन्जमा टायर बालेर विरोध प्रदर्शन गर्न थालेका छन्। नाकामा प्रदर्शनकारी धर्ना बसेको टेन्ट सुरक्षाकर्मीले लगेको छ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको वीरगञ्ज स्थित धर्नामा बसेका दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। सोमबार बिहान नाकामा टेन्ट गाडेर सुतिरहेका आन्दोलनकारी हटाउने क्रममा भारतीय नागरिक पक्राउ परेका हुन्। ==================== नेपाली भूभाग नियन्त्रणमा लिने क्रममा प्रहरीले मोर्चाको धर्नास्थलमा हस्तक्षेप गर्दा भारतीय नागरिक सहित पाँच जना पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा भारत मोतिहारीका महोम्मद जमरुद्धिन र समद अन्सारी तथा रौतहटका हरेन्द्र राना, बाराका वीरबहादुर महतो, वीरगञ्जका जगन पटेल रहेको पर्सा प्रहरी प्रमुख एसपी राजुबाबु श्रेष्ठले बताए। एसपी श्रेष्ठले धर्ना हटाउन सुरक्षाकर्मीले बल प्रयोग नगरेको बताए। 'हामी त्यहाँ पुगदा १५—२० जना पालभित्र थिए। अधिकांश भागे ५ जना पक्राउ परेका छन्। सीमा स्थित नेपाली भूभाग सुरक्षा नियन्त्रणमा आएको छ', उनले नागरिकन्युजसँग भने, 'सुरक्षाकर्मीले कसैलाई लाठी पनि प्रहार गरेको छैन।' नाकाको नेपाली क्षेत्र सुरक्षाकर्मीको नियन्त्रणमा आएसँगै वीरगञ्जमा अलपत्र परेका १८० गाडी भारत प्रवेश गरेका छन्। नेपाल सामान लिएर अकाएका गाडीहरु भारत जान नपाएपछि भारतीय चालकहरुले आफ्ना मुलुक फर्किने व्यवस्था मिलाइदिन वीरगञ्ज स्थित भारतीय महावाणिज्य दूतावासमा धर्ना समेत दिएका थिए। ४० दिनदेखि नकामा बस्दै आएका आन्दोलनकारी हटाएसँगै वीरगञ्ज नाका क्षेत्रमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षा रणनीति बनाउन जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको छ। साेमबार बिहान ४.३० बजे सुरक्षाकर्मीले नाकामा धर्ना बसेकाहरूलाइ हटाएकाे थियाे। 

0 Comments