Incident Reports

मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप

2015-11-02

Madhes, Parsa, Jirabhawani, Ward 1

जितपुरमा प्रदर्शनकारी र प्रहरीबीच कात्तिक १६ गते झडप भएको छ । झडपको क्रममा भीडलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाइफायर र १२ सेल अश्रुग्यास प्रहार गरेको छ । वीरगन्ज-रक्सौल नाकाबाट प्रहरीले कार्त्तिक १६ गते बल प्रयोग गरी अवरोधकर्तालाई हटाएको विरोधमा प्रदर्शन हुँदा दोहोरो झडप भएको हो । वीरगन्जबाट सिमरा तर्फजाँदै गरेको ना५ख ९२८३ नम्बरको ट्रकमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा विराटनगर घर भई हाल पथलैया बस्दै आएका ४५ वर्षीय मोहन सहनीको टाउकोमा गम्भीर चोट लागेर घाइते भएका छन् । उनलाई थप उपचारको लागि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा रेफर गरिएको प्रहरी निरिक्षक पुरुषोत्तम खड्काले बताए । प्रदर्शनकारीले ट्रकमाथि ढुंगा प्रहार गरेपछि प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झडप भएको थियो । प्रदर्शनकारीले घटनामा संलग्न भएको आरोपमा गढीमाई-७ जितपुरका ४० वर्षीय रामबावु गुप्ता कलवारलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक खड्काले बताए । 
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Weapons Blunt weapon , Small arms
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation APF
Actor 2 - Youth na
Total Injured 1
Totally damaged Vehicles 1
INSEC

0 Comments

Related Trend Analysis