Incident Reports

जुवा खालमा पुगेका प्रहरी र स्थानीयबीच झडप

2015-11-13

Lumbini, Bardiya, Gulariya

मोहम्मदपुर गाविसको धनेसपुरस्थित घनश्याम पण्डितको घरमा जुवा खेलिरहेकालाई पक्राउ गर्न पुगेको प्रहरी र स्थानीयबासीबीच झडप भएको छ । झडपमा दुई प्रहरी निरीक्षकसहित ४ प्रहरी घाइते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाई फायर गरेको थियो । आज बिहान साढे २ बजे घटना भएको हो । झडपमा प्रहरी निरीक्षक चक्र मल्ल, भरतसिंह गिरी, सई नरेश ढकाल र जवान भगतबहादुर थापा घाइते भएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक गोविन्दराम परियारले जानकारी दिए । प्रहरीले जुवाको खालबाट २ लाख बढी रकम बरामद गरेको छ । घटनास्थलबाट ५ थान मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनास्थल सदरमुकाम गुलरियाबाट ७ किमी पूर्वमा छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Small arms
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Group of civilians (only Target)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Total Injured 4
National/Online Media

0 Comments