Incident Reports

एसएसबीको कुटाइबाट दोधाराचाँदनीमा एक बालक घाइते

2015-11-15

७, कञ्चनभोज निवासी बिरबल सार्कीको छोरा १३ वर्षका बिशाल सार्कीलाई निर्घात कुटपिट गरेका छन् । उनको टाउकोमा गम्भिर चोट लागेको छ । शरिरमा निल डाम रहेको छ् । छिमेकमा रहेको साथीको जन्मदिन मनाउने गएका उनी जाडो भएर घरमा स्वीटर लिन जानेक्रममा एसएसबीले नेपाली भूभागमा आएर बाँसको लौरोले कुटपिट गरेको स्थानीयबासीले बताएका छन् । घाइते साकीले भने-‘हामी सरासर आफ्नो बाटोमा स्कुटीमा आउदै थियौं, नबोली लौरोले एक्कासी हान्न थाले, धेरै कुटेपछि म बेहोस भएछुँ ।’ उनले प्रयोग गरेको भारतिय नम्बर प्लेटको युके ०६ जेड ३२६ स्कुटी पनि तोडफोड गरिएको परिवारजनले बताएका छन् । घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको एक टोली घटनास्थलमा पुगेर अवस्थाको जानकारी संकलन गरेको छ । स्थानियबासी तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीको एक टोलीले एसएसबीको नजिकको झ्याप्पुझाला पोष्टमा पुगेर घटनाको बारेमा पोष्टको प्रमुखसँग कुराकानी गरेको थियो । झ्याप्पुझाला पोष्टका सई चिरे वेन्गेल ले आफ्नो जवान सो ठाउमा ड्युटीमा नभएको र मानवताको नाताले घाईतेको औषधी खर्च दिने बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violence against civilians
Weapons None
Primary Cause Others
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Security forces (unspecified)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
National/Online Media

0 Comments