Incident Reports

एक हजार लिटर पेट्रोलियम पदार्थ नष्ट

2015-11-18

Madhes, Mahottari, Bardibas, Ward 1

भारतीय बजारबाट तस्करी गर्दै महोत्तरीको बर्दिवासतर्फ लैजाँदै गरेका अवस्थामा महोत्तरीमा करिब एक हजार लिटर पेट्रोलियम पदार्थ नियन्त्रणमा लिएर मधेसी मोर्चाका कार्यकर्ताले नष्ट गरेका छन् । आज गौशाला नगरपालिकाका दुई अलग अलग स्थानबाट मोर्चाका कार्यकर्ताले सो परिमाणको पेट्रोलियम पदार्थ नियन्त्रणमा लिई नष्ट गरेका हुन् । आज दिउँसो २ बजेको समयमा गौशाला नगरपालिका–३ स्थित शर्मा चोकबाट मोर्चाका कार्यकर्ताले ६५० लिटर पेट्रोलियम पदार्थ नियन्त्रणमा लिएर सडकमै आगो लगाइ नष्ट गरेका थिए । ना४त ८६४४ नम्बरको ट्याङ्कटरमार्फत ग्यालिनमा राखी बर्दिवासतर्फ लैजाँदै गरेका अवस्थामा मधेसी मोर्चाका कार्यकर्ताले ४०० लिटर डिजेल तथा २५० लिटर पेट्रोल नियन्त्रणमा लिएका थिए । त्यस्तै आज बिहान ३ बजेको समयमा गौशाला नगरपालिका–११ स्थित निगौल चोकबाट मोर्चाका कार्यकर्ताले ३५० लिटर डिजेल नियन्त्रणमा लिएको छ । सीमावर्ती भारतीय बजारबाट बा१य ६६९ नम्बरको हरियो रङ्गको प्लेट भएको भ्यानमा लादेर बर्दिवासतर्फ लैजाँदै गरेको अवस्थामा मोर्चाका कार्यकर्ताले सो परिमाणको पेट्रोलियम पदार्थ नियन्त्रणमा लिई नष्ट गरेको हो । मोर्चाले चाडपर्वको समयमा किसानलाई डिजेल ल्याउनमा छुट दिएको मौका छोपी महोत्तरीका विभिन्न स्थानमा पेट्रोलियम पदार्थ तस्करी गर्नेको सङ्ख्यामा वृद्धि भएको सद्भावना पार्टीका केन्द्रीय सदस्य लक्ष्मी महतोले बताए ।

0 Comments

Related Trend Analysis