Incident Reports

जनकपुरमा टिफिन बम बिस्फोट हुँदा एक गम्भिर घाइते

2015-11-21

Madhes, Dhanusha, Janakpur, Ward 10

जनकपुरमा टिफिन क्यारियरमा राखेको बम बिस्फोट हुँदा एकजना गम्भिर घाइते भएका छन् । जनकपुरको पिपरिया–४, माइस्थानस्थित लट्टु भनिने नरेश यादवको घरमा डेरा गरी बस्ने सिरहा, गौरीपुर–९का १८ वर्षिय श्रवणकुमार यादवको कोठा बाहिर रहेको टिफिन क्यारियरमा रहेको बम बिस्फोट हुँदा श्रवणकुमार सख्त घाइते भएका छन् । उनको कोठा बाहिर कसले बम राख्यो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । श्रवणकुमारका साथीले कुनै अज्ञात व्यक्तिले छोडेर गएको टिफिन उचाल्दा बम बिस्फोट भएको बताएका छन् । स्थानिय कलेजमा हेल्थ असिस्टेन्ट पढ्दै गरेका यादवको कोठा अगाडी कसरी बम आयो भन्ने बारे अनुसन्धान भइरहेको छ । गम्भिर घाइते यादवको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार त्यहाँ उपचार हुन नसक्ने भनि अस्पतालले अन्त रिफर गरी लैजान भनेकाे छ । तर थप उपचारका लागि कहाँ लैजाने भन्ने टुंगो लागेको छैन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments