Incident Reports

सप्तरीमा प्रहरीको गोली लागि दुई आन्दोलनकारीको मृत्यु, बिहान ६ बजेदेखि अनिश्चितकालिन कर्फ्यु

2015-11-22

Madhes, Saptari, Ward 11

 सप्तरी प्रहरीको गोली लागि दुई आन्दोलनकारीको मृत्यु भएको छ । यस्तै १७ प्रदर्शनकारी र २५ प्रहरी झडपमा परी घाइते भएका छन् । घाइते मध्ये ५ प्रदर्शनकारी र २ प्रहरीकाे स्थिति गम्भिर रहेकाे छ । शनिबार अबेर राति प्रहरीले एक्र्टिङ गरी गाडी चलाउनका लागि धर्नामा बसेका प्रदर्शनकारीलाई भारदह र रुपनी क्षेत्रबाट हटाउन खोज्दा दोहोर भिडन्त भएको थियो । अत्याधिक संख्यामा रेहका मोर्चाका कार्यकर्ताले प्रहरी माथि अन्धकारमा अन्धाधुन्द ढुंगामुढा गर्न थालेपछि प्रहरीले गोली सप्तरी जिल्ला प्रहरी कार्यालयका प्रमुख भिम ढकाल बताएका छन् । स्थानिय प्रशासनले साँझ ७ बजेदेखि बिहान ९ बजेसम्म राजमार्ग क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । सप्तरी प्रहरी प्रमुख ढाकालका अनुसार पटकपटक माइकिङ गरेर प्रदर्शनकारीलाई हटाउने प्रयास गरिएको थियो । लगभग २५ सयको संख्यामा रहेका प्रदर्शनकारीहरु हट्ने कुनै संकेत नपाएपछि प्रहरीले सामान्य बल प्रयोग गरि राजमार्ग खुलाउन खोजेको थियो । ‘लाठि, मुग्रा बोकेरा आएका माथि हामीले सामान्य बल प्रयोग गरेपछि प्रदर्शनकारीबाटै भारदह क्षेत्रमा अन्धकारमा गोली फायर हुन थाल्यो । त्यसपछि हामीले पनि हवाई फायर र अश्रुग्यास प्रहार गर्न थालेका थियौं,’ उनले भने, ‘त्यहाँ भएको घटना क्रश फायरमा परि भएको हो । हाम्रो तर्फ पनि २५ जना घाइते छन् । २ जनाको स्थिति गम्भिर छ ।’ उनको अनुसार प्रहरीको गोली लागि भारदह क्षेत्रमा गाढा–९ का वीरेन्द्र राम र रुपनी क्षेत्रमा जमुनी मध्यपुरा–७ का नागेश्वर यादवको मृत्यु भएको छ । झडपमा परि घाइते भएका २० भन्दा बढीलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ । रातिको समयमा भएको गोली प्रहारले बढी मानिस हाताहती भएको हुन सकने दाबी फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्रप्रसाद साहले गरेका छन् । उक्त घटनापछि स्थानिय प्रशासनले भारदह, रुपनी र राजविराज बजार क्षेत्रमा बिहान ६ बजेबाट लागु हुने गरि अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको छ । कर्फ्युको उल्लंघन गर्दै अहिले पनि भारदह क्षेत्रमा प्रदर्शन भइरहेको छ । यसैबीच आक्रोशित प्रदर्शनकारीहरुले आज बिहान रुपनीमा स.४प. ५३११ नम्बरको मोटरसाईकलमा आगजनी गरिदिएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Curfew/prohibitory order issues by the state
Weapons Blunt weapon , Small arms
Primary Cause Other governance issues
Secondary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
Total Killed 2
Total Injured 42
National/Online Media

0 Comments