Incident Reports

प्रहरीको 'दुर्व्यवहार' विरुद्ध अञ्चल अस्पताल ठप्प

2015-11-22

Madhes, Saptari, Rajbiraj, Ward 8

दिपा यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी अस्पताल परिसर तथा आवासमा प्रवेश गरी कुटपिट गर्दा अस्पतालका ८ जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरु घाइते भएको जनाएकी हुन्। प्रहरीको कुटपिटवाट अस्पतालका ल्याव टेक्निशियन विश्वनाथ मण्डल, हेल्थ असिसटेन्ट रामकुमार दयाली, अहेवहरु रामकुमार यादव, सुवोध मेहता, राजाराम यादव, रजनीकान्त चौधरी र कर्मचारी देवानन्द मण्डल घाइते भएको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा बर्दिधारी प्रहरीले गुण्डागर्दी शैलीमा अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई गाली गलौज तथा कुटपिट गरेको आरोप समेत लगाइएको छ। 'अस्पताल परिसर छिरेका बर्दिधारी प्रहरीहरुले गुण्डागर्दी शैलीमा स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको छातीमा बन्दुक तेर्साई गाली गलौज तथा कुटपिट गरिएको घटना प्रहरी अस्पतालका चिकित्सकहरु घोर भत्र्सना गर्दै अस्पतालको सम्पुर्ण कामकाज आजकै मितिदेखि जारी हुने गरी स्थगित गरिएको सवैमा जानकारी गराइन्छ,' विज्ञप्तिमा उल्लेख छ।' आक्रोशित युवाले अस्पताल परिसरमा पुगेका प्रहरी भ्यानमा आगजनी गरेपछि सप्तरीका नायव प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरियाको नेतृत्वमा पुगेको प्रहरी टोलीले अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, परिसरमा रहेका औषधि पसलका सञ्चालक, रेडक्रसको ब्लड बैंकका कर्मचारी र अस्पताल गेटमा रहेका केही निजी क्लिनिकमा छिरेर समेत त्यहा कार्यरत चिकित्सक तथा कर्मचारीहरुलाई हातपात तथा दुव्र्यवहार गरेको स्थानीयले आरोप लगाएका छन्। यता सदरमुकाम राजविराजमा तनाव वढदै गएपछि निजी क्लिनिक र औषधि पसलहरु समेत ठप्प हुन पुग्दा विरामीहरु सास्ती व्यहोर्न बाध्य भएका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Small arms
Primary Cause Other governance issues
Secondary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
Total Injured 8
National/Online Media

0 Comments