Incident Reports

असुरक्षाले एम्बुलेन्स सेवा ठप्प

2015-11-23

Province 1, Sunsari, Itahari

असुरक्षाको कारण देखाउ"दै एम्बुलेन्स चालकहरूले आइतबार दिउ"सोदेखि पूर्वी तराईमा एम्बुलेन्स सेवा बन्द गरेका छन्। बिरामी बोकेका एम्बुलेन्स र चालकमाथि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आक्रमण गर्न थालेपछि बाध्य भएर सेवा बन्द गर्नुपरेको मोरङस्थित एम्बुलेन्स चालक संघले जनाएको छ। चालकहरूले मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीलाई आइतबार दिउ"सोदेखि नै अनिश्चितकालका लागि एम्बुलेन्स सेवा बन्द गरेको जानकारी गराए। आन्दोलनरत दलका नेताहरूले एम्बुलेन्समा आक्रमण नगर्ने लिखित प्रतिबद्धता नजनाएसम्म झापा, मोरङ र सुनसरीका एम्बुलेन्स सञ्चालन नगर्ने निर्णय गरेको मोरङ एम्बुलेन्स चालक संघ सचिव चन्द्रबहादुर पराजुलीले बताए। उनले भने, 'आक्रमण नगर्ने लिखित प्रतिबद्धता र सुरक्षाको ग्यारेन्टी नभएसम्म एम्बुलेन्स चलाउ"दैनौं।' सुनसरीस्थित संघका कोषाध्यक्ष लक्ष्मी खतिवडाले एम्बुलेन्स चालक नै असुरक्षित भएकाले सेवा बन्द गर्न बाध्य भएको बताए। 'ज्यान रहे मात्रै अरूको सेवा गर्न सकिन्छ,' उनले भने, 'ज्यानै नरहे कसरी सेवा गर्ने?' आइतबार विज्ञप्ति प्रकाशित गरी मोरङ एम्बुलेन्स चालक संघले चालकहरूले बाध्य भएर लिएको निर्णयले सेवाग्राहीलाई पर्ने असुविधाप्रति क्षमायाचना पनि गरेको छ। मोर्चा कार्यकर्ताले सुनसरीको दुहबी र मोरङको कटहरीमा बिरामी बोकेका एम्बुलेन्समा आक्रमण गरेपछि एम्बुलेन्स चालक आन्दोलित भएका हुन्। मोर्चा कार्यकर्ताको आक्रमणमा परी एम्बुलेन्स चालक विराटगर–११ का आनन्द विक घाइते भएका थिए। शनिबार उनीमाथि सुनसरीको दुहबीमा आक्रमण भएको थियो। शुक्रबार पनि मोरङको रंगेलीबाट बिरामी लिएर विराटनगर आउ"दै गरेको रंगेली बचत तथा ऋण सहकारी संस्थाको एम्बुलेन्समा आन्दोलकारीले क्षति पुर्या एका थिए। शनिबार बेलुका बिरामी काठमाडौं पुर्यासएर विराटनगर फर्कंदै गरेको को१च ६२७४ नम्बरको एम्बुलेन्समाथि पनि मोर्चा कार्यकर्ताले सप्तरीको रूपनीमा ढुंगामुढा गरेको अखिल नेपाल ट्रेड युनियन महासंघ मोरङले जनाएको छ। एम्बुलेन्स चालक संघका अनुसार मोरङमा ९७, सुनसरीमा ९२ र झापामा १ सय ८ एम्बुलेन्स सञ्चालनमा छन्। मोरङका प्रजिअ कार्कीले एम्बुलेन्सलाई आवश्यक सुरक्षा दिन प्रशासन तयार रहेको बताए। उनले मोरङको कटहरीमा एम्बुलेन्समाथि तोडफोड गर्नेलाई कारबाही गरेरै छाड्ने दाबी पनि गरे। उनले भने, 'एम्बुलेन्स तोडफोडको घटनामा संलग्न रहेको आशंकामा केही पक्राउ परेका छन्। छानबिनपछि दोषी पाइए कारबाही गर्न कुनै कसुर बा"की राख्ने छैनौं।' सिटी सफारीमा बिरामी ------------------ धनकुटा, सिरान बजारका आनन्द खनाल आइतबार साँझ सुत्केरी व्यथाले च्यापेकी पत्नीलाई अस्पताल लैजान एम्बुलेन्स खोजीमा निस्किए। इटहरीको सामुदायिक अस्पताल गएर तीन जना एम्बुलेन्स चालकलाई हारगुहार गरे पनि उनीहरू कोही जान तयार भएनन्। उनी पत्नी कजनलाई विराटनगरको नोबेल अस्पताल लैजान चाहन्थे। 'विराटनगर जान कुनै पनि एम्बुलेन्स चालक मानेनन्, अन्तिममा सिटी सफारीबाट बिरामी अस्पताल ल्याइपुर्याुएँ,' उनले नागरिकसँग भने। खनालले धनकुटाबाट पत्नीलाई आफन्तको सहयोगमा सार्वजनिक बसमा इटहरी ल्याएका थिए। मधेसी मोर्चाले सय दिनदेखि जारी राखेको तराई बन्दले इटहरी–विराटनगर चल्ने सवारी साधन ठप्प छन्। आन्दोलनकारी बिरामी बोकेका एम्बुलेन्सलाई नै निसाना बनाएर शृंखलाबद्ध आक्रमण तथा तोडफोडमा उत्रिन थालेका छन्। सुरक्षा माग्दै एम्बुलेन्स चालकले आइतबारदेखि सेवा ठप्प पार्दा बिरामीलाई अस्पताल पुर्यााउन समस्या उत्पन्न भएको छ। प्रहरीका अनुसार मोर्चा कार्यकर्ताले दुहबीमा मात्र सय दिनको अवधिमा तीनवटा एम्बुलेन्स तोडफोड गरेका छन्। भदौ ६, १५ र मंसिर ५ गते दुहवीमा एम्बुलेन्स तोडफोड भएको हो। यस्तै, सुनसरीकै भोक्राहामा मोर्चाका कार्यकर्ताले असोज ६ गते राति दुईवटा एम्बुलेन्स तोडफोड गरेका थिए। सुनसरी एम्बुलेन्स चालक संघका उपाध्यक्षसमेत रहेका भानु शर्माले एम्बुलेन्स चलाएको चौध वर्ष बितिसक्यो। तर, पछिल्लो समय मोर्चा कार्यकर्ताले विवेकहीन प्रदर्शन गर्न थालेको अनुभव सुनाए। 'माओवादी द्वन्द्वमा उनीहरूका कार्यकर्ता घाइते हुँदा तोकेजति भाडा दिन्थे, बरु सुरक्षाकर्मीले दुःख दिन्थे,' शर्माले भने, 'अहिले मधेसी मोर्चाका कार्यकर्ताको व्यवहार हेर्दा त कतिखेर चालकमाथि के हुने, कुनै टुंगो छैन।'

0 Comments