Incident Reports

टेलिफोन धम्की पछि रेडियोमा पेट्रोल बम प्रहार, मोटरसाइकल आगजनी

2015-11-26

सामुदायिक रेडियो परासीको कार्यालय परासीमा अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको छ। बुधबार राति दश बजेको समयमा अज्ञात समूहले रेडियो स्टेशनमा पेट्रोल बम प्रहार गरेको हो। रेडियोको परिसरमा रहेको लु १८ प ४००१ नम्बरको मोटरसाईकलमा आगजनी समेत गरिएको छ। अागजनीबाट मोटरसाईकल पूर्णरुपमा ध्वस्त भएको छ। पेट्रोल बम प्रहार गर्नुअघि ९८५७०४५८९४ नम्बरको मोवाईलबाट रेडियोमा फोन गरि धम्की पनि दिईएको थियो। रेडियोको कार्यालय रहेको भवनमा दुईवटा पेट्रोल बम प्रहार भएको प्रहरीले जनाएको छ। यसअघि मधेसी मोर्चाका कार्यकर्ताले आफ्ना समाचार प्रयाप्त प्रशारण नगरेको भन्दै पटक पटक धम्की दिदै आएका थिए। मोर्चा कार्यकर्ताले नै बम प्रहार गरेकाे हुनसक्ने एफएम सञ्चालक र स्थानीय प्रशासनको शंका छ। तर घटनाकाे कसैले जिम्मा लिएको छैन। रेडियोले आजदेखि अनिश्चितकालका लागि प्रशारण बन्द गरेको छ। रेडियो स्टेशनको सुरक्षा नभएको तथा पटक पटक धम्की आउने क्रम जारी रहेकाले रेडियो सञ्चालन गर्न सक्ने स्थिति नरहेपछि अनिश्चितकालका लागि रेडियोको प्रशारण बन्द गरिएको रेडियोका प्रबन्ध निर्देशक मेघराज गौतमले बताए। रेडियो स्टेशनमा भएको यस किसिमको घटना प्रति सामुदायिक रेडियो परासीका अध्यक्ष सुमन गोपाल आर्चायले घोर भ्रत्सना गरेका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Secondary Form Arson
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Secondary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 1
Totally damaged Vehicles 1
National/Online Media

0 Comments