Incident Reports

मोर्चाका कार्यकर्ताले एउटा मालबाहक ट्रक जलाए

2015-11-26

Madhes, Dhanusha, Mithila

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिकाको ढल्केवरमा बुधबार राति मधेसी मोर्चाका कार्यकर्ताले एउटा ट्रकमा आगजनी गरेका छन् । पूर्वबाट पश्चिमका लागि छुटेको ना ५ ख ९०२५ नम्बरको ट्रकमा मोर्चाका कार्यकर्ताले आगजनी गरेको प्रहरीले जनाएको छ । पाइपको सरसमान लोड भएको ट्रकमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले आगजनी गरेका हुन् । ट्रकमा दुई सय लिटर पेट्रोलियम पदार्थसमेत रहेको मोर्चाका कार्यकर्ताले दाबी गरेका छन् । लोड भएको लाखौंको सरसमानसहित ट्रकसमेत पूर्णरुपले जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जलेको ट्रक अहिले इलाका प्रहरी कार्यालय ढल्केवरको निणन्त्रण छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments

Related Trend Analysis