Incident Reports

भारतीय नाकाबान्दीविरुद्ध इटहरीका शैक्षिक सङ्घ संस्थाको प्रदर्शन

2015-11-24

Province 1, Sunsari, Inaruwa

 भारतीय नाकाबन्दीले चौतर्फी असर परेको भन्दै इटहरी क्षेत्रका सम्पूर्ण शैक्षिक सङ्घ संस्थाहरूले मङ्सिर ९ गते इटहरीमा विरोध र्‍याली गरेका छन् । इटहरीमा क्षेत्रका विद्यालय, क्याम्पस, इन्टिच्युटलगायतका शैक्षिक संस्थाका विद्यार्थी, शिक्षक र कर्मचारीले भारतीय नाकाबन्दीविरुद्ध इटहरी बजारमा प्लेकार्ड र्‍याली निकालेर प्रदर्शन गरेका हुन् । र्‍यालीमा तीन हजारभन्दा बढीको सहभागिता थियो । र्‍यालीमा सहभागीले विद्यार्थीहरूले पढ्न हाम्रो अधिकार, स्वतन्त्र परावहन हाम्रो अधिकार, नेपालको अन्तरिक मामिलामा हस्तक्षेप किन, हामी परनिर्भर हैन, आत्मनिर्भर बनौं लेखिएका प्लेकार्ड बोकेका थिए । र्‍यालीले इटहरी बजार परिक्रमा गरेको थियो । भारतले गरेको अघोषित नाकाबन्दीले सर्वसाधारणको दैनिक जीवनमा गम्भीर असर परेको र शैक्षिक संस्था चलाउन समेत मुस्किल भएको भन्दै इटहरीका शैक्षिक संस्था एकजुट भई प्रदर्शनमा उत्रिएको उनीहरूले बताएका छन् । शेखर ढकाल
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Foreign State
Actor 2 - Youth na
INSEC

0 Comments