Incident Reports

सुन्धाराको लुम्बिनी पाहुना घरमा गोली चल्यो

2015-11-29

Bagmati, Kathmandu, Kathmandu

राजधानीको सुन्धारास्थित लुम्बिनी पाहुना घरमा प्रहरीले दुई युवकलाई गोली हानेर नियन्त्रणमा लिएको छ। गेस्ट हाउसमा रहेका ती दुई युवकसँग हतियार रहेको सूचनापछि प्रहरीले नियन्त्रमा लिएको हो। नियन्त्रणमा लिन पाहुना घर पुगेको महानगरी प्रहरी अपराध महाशाखाको टोलीले गोली प्रहार गरी उनीहरुलाई नियन्त्रणमा लिएको हो। प्रहरीको गोलीबाट एक जना घाइते भएका छन्। महाशाखा स्रोतका अनुसार उनीहरुबाट गोली लोड भएको चिनिया पेस्तोल बरामद भएको छ। घाइतेको खुट्टामा गोली लागेको स्रोतले बतायो। महानगरी प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालका अनुसार घाइते हुनेमा छोटेलाल ठाकुर छन्। बारा निवासी ठाकुर नेपाल प्रहरीको भगौडा जवान हुन्। उनले प्रहरी संगठनबाट एसएलआर हतियारसहित जागिर छाडेर भागेका थिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Other violent form
Weapons Small arms
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments