Incident Reports

अवैध रूपमा नेपाल प्रवेश गरेका १३ भारतीय सुरक्षाकर्मी सशस्त्र प्रहरीको नियन्त्रणमा

2015-11-29

Province 1, Jhapa, Kachankawal

बिहारसँग सीमा जाेडिएकाे केचना गाविसको सीमा नाकाबाट अवैध रुपमा नेपाल प्रवेश गरेका १३ जना भारतीय सीमा सुरक्षा बल (एसएसबी)का सुरक्षाकर्मीलाई सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ। आइतबार बिहान ६ः३० बजेतिर नेपाली भूभाग प्रवेश गरेका उनीहरुलाई केचना स्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टका सशस्त्र प्रहरी टाेलीले नियन्त्रणमा लिएको हाे। झापाका प्रजिअ तेजप्रसाद पौडेलले आज बिहान नेपाली बस्तीमा भारतीय सुरक्षाकर्मी पसेको जानकारी गाउँलेले दिएपछि सशस्त्र प्रहरीको सीमा सुरक्षा टोली घटनास्थलमा पुगेर उनीहरूलाई नियन्त्रणमा लिएको बताए। प्रजिअ पौडेलले सदरमुकाम चन्द्रगढीबाट घटनाको स्थलगत विवरण लिन सहायक प्रजिअ डम्बरुप्रसाद निरौलालाई केचना पठाइएको जानकारी दिँदै भने, ,'एसएसबीको टोली किन नेपाल प्रवेश गरेका हो भनेर हामी छानवीन गरिरहेका छौं', प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले नागरिकन्युजसँग भने। भारतीय सुरक्षाकर्मीलाई केचना–४ बाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमबहादुर भण्डारीले जानकारी दिए। पक्राउ परेकामध्ये चार जनासँग अत्याधुनिक राइफल समेत रहेकाे छ। केही दिन अघि सो नाकाबाट तस्करहरूले ४० बोरा सुपारी भारततर्फ लैजाने क्रममा भएकाे झडपमा प्रहरीले १३ राउन्ड फायरिङ गरेको थियो। यसअघि हतियारधारी एसएसबी टाेली सुनसरीकाे हरिपुर-७ प्रवेश गरी गोली चलाउँदा ४ नेपाली घाइते भएका थिए। पक्राउ भारतीय सुरक्षाकर्मीलाई केचनास्थित सशस्त्र सीमा सुरक्षा बलको क्याम्पमा राखिएको छ

0 Comments