Incident Reports

प्रदर्शनकारीद्वारा दूध बोकेको ट्याङ्कर तोडफोड

2015-12-01

Madhes, Saptari, Rajbiraj

मधेसी मोर्चा सम्बद्ध प्रदर्शनकारीहरूको एक समूहले दूध बोकेर आइरहेको मिलन डेरी उद्योगको ना.४ ख १३३६ नम्बरको ट्याङ्करमा मलेठ गाविस जोलहरीस्थित राजविराज-रुपनी सडकखण्डमा मङ्सिर १३ गते राति तोडफोड गरी क्षति पुर्‍याएका छन् । औद्योगिक क्षेत्रस्थित न्यू मिलन डेरी उद्योगबाट दूध बोकेर राजविराज नपा-७ स्थित मिलन डेरी उद्योगतर्फआइरहेको ट्याङ्करलाई लक्षित गरी प्रदर्शनकारीहरूले ढुंगामुढा गरेको चालक परशुराम यादवले बताए । ढुंगा प्रहारले ट्याङ्करको अगाडिको सिसा फुटेर क्षति भएको चालक यादवले बताए । प्रदर्शनकारीहरूले यसअघि कात्तिक ८ गते फर्सोठ गाविसस्थित राजविराज-हनुमाननगर सडकखण्डमा र मङ्सिर ६ गते मलेठ गाविसस्थित विहारपुरमा मधेसी मोर्चा सप्तरीका दूध बोकेको मिलन डेरी उद्योगको स.१च ७८० नम्बरको टाटा पिकअप भ्यानमा ढुङ्गा प्रहार गरेर सिसा फुटाएका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
Totally damaged Vehicles 1
INSEC

0 Comments

Related Trend Analysis