Incident Reports

२४० लिटर डिजेल सहित भारतीय पक्राउ

2015-11-30

Bagmati, Kathmandu, Kathmandu, Ward 1

बढी मुल्यमा पेट्रोलियम पदार्थ बिक्री गरेको भन्दै एक भारतीय नागरिक पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित ओम नमशिवाय वर्कशपका संचालक भारत रक्सौल घर भएका २२ वर्षीय बालेश्वर साहलाई प्रहरीले ३ सय ४० लिटर डिजेल सहित पक्राउ गरेको हो। साहले प्रति लिटर २ सय ३० मा डिजेल बिक्री गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त कालिमाटीवाट खटिएको टोलीले उक्त डिजेल सहित सोमबार साहलाई पक्राउ गरेको हो । यसैगरी किर्तिपुर नगरपालिका–३ स्थित किर्तिपुर मोटर ड्राइभिङ सेन्टरबाट बढी मूल्यमा पेट्रोल बिक्री गरिरहेका झापा बाहुनडाँगी–८ घर भएका २२ बर्षीय मनोज गुरागाईलाई प्रहरीले सोमबार ३ सय ५ लिटर पेट्रोल सहित पक्राउ गरेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments