Incident Reports

मधेसी मोर्चाका कार्यकर्ता र भारतीय पक्षबीच वीरगन्जमा झडप

2015-12-03

Madhes, Parsa, Birgunj

लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र भारतीय पक्षबीच बीरगन्ज-रक्सौल नाकाको मितेरी पुलमा झडप भएको छ। रक्सौलबाट टाँगामा हालेर ल्याएको पेट्रोल आन्दोलनकारीले खन्याएपछि भारतीय पक्षले आक्रमण गरेको पर्सा प्रहरी प्रमुख एसपी राजुबाबु श्रेष्ठले जानकारी दिए। झडप नियन्त्रण गर्न प्रहरी त्यसतर्फ गएको एसपी श्रेष्ठले नागरिकन्युजलाई बताए। भारतीय पक्षको आक्रमणबाट एक जना घाइतेसमेत भएका छन्। इनरवा-१९ का सत्रुघन यादव घाइते भएको प्रहरीले जनाएको छ। उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। रक्सौल नाका ठप्प पारेर धर्ना बसेका मधेसी दलका नेता कार्यकर्ता बुधबार राति भारतीयहरुको आक्रमणपछि लखेटिएका थिए। रक्सौलको अहिरवा टोलका भारतीयहरुले धर्नामा बसेका आन्दोलनकारीलाई कुटेर लखेटेका थिए। सोही निहु पारेर मधेसी मोर्चाका कार्यकर्ताहरुले बिहीबार बिहानदेखि नाका पूर्णरुपले ठप्प परेका छन्। कुनै पनि सामान वीरगन्जतिर आउन नदिएपछि भारतीय पक्ष आक्रशित बनेको प्रत्यक्षदर्शीले बताएका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 5
National/Online Media

0 Comments